काठमाडौं– झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच प्रभु बैंक लि. पूर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ ।