बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिला ट्रेकिङ उद्यमीहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा

महिला ट्रेकिङ उद्यमीहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । 
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।   

कोभिड–१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिङको लागि चाहिने बन्दोबस्तीका सामानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।
 

प्रकाशित: Mar 08, 2021| 07:21 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्