काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) २१.५८ अंकले घटेको छ। घटेको बजार २४८५.१० विन्दुमा पुगेर रोकिएको हो।
आज २११ कम्पनीको १ करोड १७ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज होटल तथा पर्यटन क्षेत्रको सूचक ५०.१५ र जलविद्युतको सूचक १८.३४ अंकले बढेको छ भने बाँकी समूहको सूचक घटेको छ।
आइतबार चन्द्रागिरि हिल्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य ९.८३ र रैराङ जलविद्युत् विकास कम्पनीको सेयर मूल्य ९.६९ प्रतिशत बढेको छ।
नेशनल हाइड्रोपावर कम्पनीको सेयर ५.५२ र साल्ट ट्रेडिङ कर्पोरेसको सेयर मूल्य ५ प्रतिशतले घटेको छ।