काठमाडौं- नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति गरेको छ। २०५८ सालदेखि सञ्चालनमा रहेको थानकोट डिपोको पहिलो चरणअन्तर्गत स्तरोन्नति गरिएको हो।
पहिलो चरणमा थानकोट डिपो कार्यालयमा आधुनिक टीएलएफ शिड निर्माण, २०० ट्यांकर र ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाइटिङ सिस्टम जडान र फ्लो मिटर जडानको कार्य गरिएको थानकोट डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए।
त्यस्तै आरसीसी, एक्सेस बाउन्ड्री लगायतका काम सम्पन्न गरेको थानकोट कार्यालयको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा उद्घाटन गरिएको बागमती प्रादेशिक कार्यालय थानकोटले जानकारी दिएको छ।
बि.सं. २०२७ सालदेखि पेट्रोलियम पदार्थको आयात भण्डारण, एवम् बिक्री वितरण थालिए पनि थानकोट डिपामो अहिलेसम्म उचित पूर्वाधार बन्न सकेका थिएनन्।
करिब १०६ रोपनी क्षेत्रफलमा फैलिएको थानकोट डिपोमा ८ हजार ४०० किलोलिटर क्षमतामा डिजेल भण्डारण गर्न सकिन्छ। त्यस्तै ६ हजार ७० किलोलिटर पेट्रोल र ७६० किलोलिटर क्षमताको मट्टितले भण्डारण क्षमता रहेको छ।