काठमाडौं– रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६आइको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैटौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।
मिडियाटेक हेलियो जी८० प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो। जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ।
यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४–१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आइ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ । यसको पर्फमेन्स २ गिगाहर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको छ ।
४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ।
५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ ।
रियलमी आइ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
रियलमी ६ आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ ।