काठमाडौं– नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ तारिखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा सुरु गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।
यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट गु्रपमा अहिले एक हजार भन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
एफवान सफ्ट गु्रप अन्तर्गत हाल एक दर्जन बढि कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तर्गत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्छन् ।
कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाखभन्दा धेरै छन् । कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।