बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोभिड‐१९ : वातावरण क्षेत्रको लागि बरदान, २५.६ प्रतिशतले बढ्यो व्यापार

कोभिड‐१९ : वातावरण क्षेत्रको लागि बरदान, २५.६ प्रतिशतले बढ्यो व्यापार

कोभिड‐१९ ले अधिकांश उद्योहरुलाई नकारात्मक प्रभाव परे पनि केहीलाई भने फाइदा पुर्‍याएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं‐ कोभिड‐१९ ले अधिकांश उद्योहरुलाई नकारात्मक प्रभाव परे पनि केहीलाई भने फाइदा पुर्‍याएको छ।

नेपालमा सञ्चालित आवास तथा भोजन सेवासम्बन्धी व्यवसायमा सबैभन्दा बढी नकारात्मक प्रभाव परे पनि केही उद्योगहरुलाई भने बरदान सावित भएको हो। 

केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कोभिडका कारणले आवास तथा भोजनको क्षेत्रमा २५.७ प्रतिशतले गिरावट आएको छ। 

तर सोही हाराहारीमा विद्युत ग्यास बाफ तथा वातावरण व्यवसायमा भने बढोत्तरी भएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा सो क्षेत्रमा २५.६ प्रतिशतले बढोत्तरी भएको हो। 

विभागले बिहीबार तथ्यांक सार्वजनिक गरी यातायात तथा भण्डारण क्षेत्र कोभिड ‐१९ का काराण १३.५ प्रतिशतले खुम्चिने शंसोधित अनुमान गरेको छ। त्यस्तै थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माण ५.६ र खानी तथा उत्खनन २.२ प्रतिशतले खुम्चिने विभागले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ। 

तर सार्वजनिक प्रशासन तथा सुरक्षाको क्षेत्रमा ६.२ प्रतिशत, मानव स्वास्थ तथा सामाजिक कार्यको लागि ५.२ प्रतिशतले बढेको छ।

यो नयाँ आधार बर्ष सन् २०१०/११लाई आधार मानेर गरिएको सर्वेक्षणमा आधारित तथ्यांक भएको विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले जानकारी दिए। 

उनका अनुसार विभाले राष्ट्रिय लेखा तथ्यांकको आधार बर्ष परिवर्तन गरी २०१०/११ लाइ लिएको छ। पहिले सन् २०००/२००१ लाई आधार वर्षको रुपमा लिएर सम्पूर्ण आर्थिक गणना गरिएको थियो। 

नयाँ आधार वर्षअनुसार नेपालको कुल गार्हस्थ उत्पादन पनि (जिडिपी) बढेर ३९ खर्ब ४३ अर्ब पुगेको छ। यसअघि नेपालको जिडिपी ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको थियो। 

पहिले उत्पादनको आधारमा मात्र जिडिपीको मापन हुने गरेको थियो। तर नयाँ आधार वर्षसँगै जिडिपीको मापन पनि दुईवटा विधि (उत्पादन र व्यय)को आधारमा जिडिपीको मापन हुने गरेको छ। 

त्यसैले नयाँ आधार वर्षको आधारमा हेर्ने हो भने नेपालीहरुले आफ्नो कुल आम्दानीको झन्डै ९२ प्रतिशत उपभोग्य बस्तुमा खर्च हुने गरेको छ भने बाँकी ८ प्रतिशत मात्र बचत हुने गरेको छ। यसअघिको आधार वर्षअनुसार करिब ८२ प्रतिशत उपभोग्य बस्तुमा खर्च हुने गरेको र १८ प्रतिशत बचत हुने गरेको थियो। 

प्रकाशित: Mar 05, 2021| 14:39 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्