बुधबार, असोज ७, २०८३

सुनको मूल्य ९०० रुपैयाँ घट्यो 

शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ५०० मा कारोबार भएको सुन आज घटेर ८५ हजार ६०० मा कारोबार भइरहेको छ। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ५०० मा कारोबार भएको सुन आज घटेर ८५ हजार ६०० मा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता मात्रै सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ घटेको छ। आइतबार सुन ८८ हजार ३०० मा कारोबार भएको थियो। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँ घटेको छ। तेजाबी सुन बिहीबार ८६ हजार ५० मा कारोबार भएको थियो। आज घटेर ८५ हजार १५० मा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर एक हजार २५० तोकिएको छ।  

प्रकाशित: Mar 05, 2021| 05:41 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्