काठमाडौं– हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा संञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो। आज बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै भाडा समायोजन गर्ने निर्णय भएको जनाएको छ।
सबैभन्दा बढी काठमाडौं–धनगढीमा २२० रुपैयाँ र सबैभन्दा कम डोटी–साँफेबगरमा २० रुपैयाँ भाडा बढेको छ।
संघले यही फागुन ८ गते पनि १० देखि ९ रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको थियो।
नयाँ भाडा दर भोलि शुक्रबारबाट लागू हुनेछ।