बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिला सिफारिस

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिला सिफारिस

नेपाल राष्ट्र बैंकले एक महिलासहित चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेको छ। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक महिलासहित चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेको छ। 

डेपुटी गभर्नरद्वय शिव श्रेष्ठ र चिन्तामणि शिवाकोटीको कार्यकाल मंगलबार सकिएपछि राष्ट्र बैंकले बुधबार उनीहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो। 

डेपुटी गभर्नरका लागि सिफारिस भएकामा कार्यकारी निर्देशकहरू नीलम ढुंगाना, प्रकाश श्रेष्ठ, देवकुमार ढकाल र गुणाकर भट्ट छन्। डेपुटी गभर्नरमा सिफारिस भएकी ढुंगाना पहिलो महिला हुन्। भट्ट राष्ट्र बैंकका प्रवक्ता पनि हुन्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूमध्ये दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ। 

प्रकाशित: Mar 04, 2021| 09:43 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्