बुधबार, असोज ७, २०८३

सेयर बजार ९० अंकले बढ्यो, ६ अर्ब ५ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ९०.२७ अंकले बढेको छ। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ९०.२७ अंकले बढेको छ। 

बढेको बजार २५०६.२८ विन्दुमा पुगेर रोकिएको हो। आज २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.७५ अंकले बढेर ४५१.५६ विन्दुमा पुगेको छ। 

बिहीबार सबै समूहको सूचक बढेको छ। आज सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी र चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।    

प्रकाशित: Mar 04, 2021| 09:37 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्