काठमाडौं– नेपालको गत आर्थिक वर्षको आर्थिक वृद्धि नकारात्मक रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
विभागले बिहीबार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षको आर्थिक वृद्धि १.९९ प्रतिशत नकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।
गत आवमा आर्थिक वृद्धिदरबारे कुनै पनि आधिकारिक प्रतिवेदन सार्वजनिक गरिएको थिएन।
विश्व बैंकले सन् २०१९÷२० मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहेको प्रक्षेपण गरेको थियो।
विभागले राष्ट्रिय लेखा तथ्यांकको पाँचौं आधार वर्ष परिवर्तन गरेको छ।
हालको राष्ट्रिय लेखा तथ्यांक गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०/११ का आधारमा विगत तथा आगामी वर्षका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरिएको पनि विभागले जनाएको छ।