बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ३० लाख ४१ हजारले खोले डिम्याट खाता, आधाजतिले भर्छन् आईपीओ

३० लाख ४१ हजारले खोले डिम्याट खाता, आधाजतिले भर्छन् आईपीओ

सेयर कारोबार गर्ने डिम्याट खाताको संख्या ३० लाख नाघेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– सेयर कारोबार गर्ने डिम्याट खाताको संख्या ३० लाख नाघेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार ६९८ पुगेको छ।

सेयर बजारमा प्रवेश गर्न अहिले डिम्याट खाता अनिवार्य छ। डिम्याट खाता खोल्नेको संख्या साढे ३० लाख पुग्न लागे पनि बजारमा दैनिक कारोबार गर्नेको संख्या भने निकै कम रहेको नेप्सले बताएको छ।दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या करिब ४ लाख छ। धेरैजसोले आईपीओ भर्नका लागि डिम्याट खाता खोलेको पाइएको छ।

त्यसो त आईपीओ पनि डिम्याट खाताको करिब आधाले भर्ने गरेको तथ्यांक छ।

गत महिना ८ करोड कित्ता आईपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा १५ लाख २९ हजारले आवेदन दिएका थिए।

भोलि शुक्रबारदेखि ज्योति लाइफ इन्स्यारेन्सको आईपीओ खुल्दैछ। अन्य केही कम्पनी पनि आईपीओका लागि पाइपलाइनमा छन्।

प्रकाशित: Mar 04, 2021| 04:01 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्