काठमाडौं– कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले चाबहिलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। उक्त शोरुमको उद्घाटन भने आगामी शुक्रबार हुने छ।
नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइक बिक्री गरिरहेको छ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा बाइक उत्पादन गर्दै आएको छ।
सहरी र अफरोड दुवैका लागि यो बाइक अब्बल रहेको कम्पनीको दाबी छ।
यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ। रातो कालो र सेतो गरि तीन रंगका बाइक उपलब्ध छन्।
हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन्। टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ। इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ।
यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ। १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क उत्पादन गर्छ।