काठमाडौं– बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। मंगलबार ८७ हजारमा कारोबार भएको सुनको मूल्य आज ८७ हजार ५०० कायम भएको हो।
यसअघि सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार ७०० घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि पाँच सय बढेको छ।
तेजाबी सुन मंगलबार ८६ हजार ५५० मा कारोबार भएको थियो। आज बढेर ८७ हजार ५० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर एक हजार ३१५ तोकिएको छ।