काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ।
२०७४ सालमा दर्ता भएको डिजी पेले डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो।
डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले नगदरहित समाज निर्माणका लागि डिजी पेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र नभई वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत पहल गर्ने बताए।
उनका अनुसार डिजी पे हालसम्म गुगल प्ले स्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा बढी डाउनलोड भइसकेको छ।
डिजी पेका माध्यमबाट वस्तु किनमेल, फोन रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी प्रदान गर्न सकिन्छ।
भुक्तानी सेवा प्रदायकको अनुमति पाएपछि डिजी पेले अब खाद्य तथा वस्तु किनमेल र आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषता थप्ने भएको छ।