बुधबार, असोज ७, २०८३

५९.७७ अंकले घट्यो नेप्से 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.७७ अंकले घटेको छ। भारी अंकले घटेको बजार २४५५.२६ विन्दुमा पुगेर रोकिएको हो। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.७७ अंकले घटेको छ। भारी अंकले घटेको बजार २४५५.२६ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.८३ अंकले घटेर ४४३.९३ विन्दुमा पुगेको छ। 

आज होटल तथा पर्यटन क्षेत्रको सूचक १६.८६ र व्यापार समूहको सूचक २७८.४९ अंकले बढेको छ। बाँकी समूहको सूचक घटेको छ। 

मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै चन्द्रागिरि हिल्सको सेयर मूल्य ९.८९ र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर ८.८९ प्रतिशतले बढेको छ। 

त्यसैगरी नेपाल होइड्रो डेभलपर्स लिमिटेडको सेयर ७.३१ प्रतिशतले घटेको छ। 
 
 

प्रकाशित: Mar 02, 2021| 09:58 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्