बुधबार, असोज ७, २०८३

सुनको मूल्य एक हजार ७०० रुपैयाँ घट्यो 

मंगलबार सुनको मूल्य तोलामा ८७ हजार रुपैयाँ कायम भएको छ। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा ८७ हजार रुपैयाँ कायम भएको छ। 

सोमबार ८८ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज एक हजार ७०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार ७०० रुपैयाँले घटेको छ। तेजाबी सुन सोमबार ८८ हजार २५० मा कारोबार भएको थियो। आज ८६ हजार ५५० रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य ४० रुपैयाँले घटेर एक हजार २९० तोकिएको छ। 
 

प्रकाशित: Mar 02, 2021| 06:00 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्