बुधबार, असोज ७, २०८३

इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।  
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।  

निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटीतेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो। 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल र मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ। निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ।

माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो। 
    
 

प्रकाशित: Mar 01, 2021| 15:49 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्