बुधबार, असोज ७, २०८३

४०.६४ अंकले बढ्यो नेप्से 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ४०.६४ अंकले बढेको छ। बढेको बजार २५१५.०३ विन्दुमा पुगेर रोकिएको हो। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ४०.६४ अंकले बढेको छ। बढेको बजार २५१५.०३ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५३.७६ विन्दुमा पुगेको छ। 

आज सबै समूहको सूचक उकालो लागेको छ। बैंकिङ २६.८२, विकास बैंक ३८.२२, फाइनान्स २३.०६, होटल तथा पर्यटन ५५.८१, जलविद्युत् ३०.७९ अंकले बढेको छ। 

त्यस्तै जीवन बीमा समूहको सूचक ३५९.१७, उत्पादन ६८.३१, लघुवित्त ८१.४९, सामूहिक लगानी ०.०३, निर्जिवन बीमा १८३.८३, अन्य २७.६२ र व्यापार समूहको सूचक ९७.३९ अंकले बढेको छ। 

आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर ९.९० प्रतिशतले बढेको छ। 

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर ८.१२ र बरुण जलविद्युत् कम्पनीको सेयर ६.७९ अंकले बढेको छ। सिटिजन म्युचुअल फण्डको सेयर १.८४ प्रतिशतले घटेको छ। 
 
 

प्रकाशित: Mar 01, 2021| 09:55 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्