बुधबार, असोज ७, २०८३

टेम्पोमा मेगा बैंकको क्यूआर कोड 

मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा यात्रा गर्दा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा यात्रा गर्दा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। 

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाट भुक्तानीको व्यवस्था मिलाएको हो।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ। 

यसैगरी, टेम्पो चलाउँदै आएका महिलालाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ। 
 

प्रकाशित: Mar 01, 2021| 08:11 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्