बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार–निजी क्षेत्र सहकार्यमार्फत द्रुत आर्थिक विकास : वरिष्ठ उपाध्यक्ष ढकाल 

सरकार–निजी क्षेत्र सहकार्यमार्फत द्रुत आर्थिक विकास : वरिष्ठ उपाध्यक्ष ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

उदयपुर– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। 

उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताएका हुन्। 

मुलुकको आर्थिक विकासको लागि तीन तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गर्नुपर्ने ढकालको भनाइ छ। 

छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको मलेसियाको उदाहरण प्रस्तुत गर्दै ढकालले भने, ‘राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई सहजीकरण मात्र गरिदिने हो भने विकास गर्न समय लाग्दैन।’ 

निजी क्षेत्रलाई राज्यबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै ढकालले निजी क्षेत्र नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताएका छन्।  

प्रकाशित: Feb 28, 2021| 05:12 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्