मंगलबार, असोज ६, २०८३

कुमारी बैंक लिमिटेडद्वारा क्युआर सेवा विस्तार

कुमारी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार गरेको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– कुमारी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार गरेको छ। 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भण्डारीको उपस्थितिमा  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेका हुन्। 

योसँगै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानको संख्या ७ हजार पुगेको छ ।  

नगद् वा कार्डको विकल्पमा मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एप्लिकेसन पनि ल्याएको छ। 

यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित तरिकाले भुक्तानी गर्न सकिन्छ। यस्तो सेवाको प्रयोग गर्दा थप शुल्क लाग्दैन। 
 

प्रकाशित: Feb 25, 2021| 11:03 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्