मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १२.५६ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ७० करोडमा सीमित

१२.५६ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ७० करोडमा सीमित

बुधबार सेयर बजार परिसूचक (नेप्से) १२.५६ अंकले बढेको छ। बढेको बजार २५९९.०८ विन्दुमा पुगेर रोकिएको हो। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १२.५६ अंकले बढेको छ। बढेको बजार २५९९.०८ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०४ कम्पनीको १ करोड ६७ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ४७०.३५ विन्दुमा पुगेको छ। आज जलविद्युत् र अन्य समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ। 

बुधबार आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसको सेयर १० प्रतिशतले बढेको छ। 

त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर ९.९७ र चन्द्रागिरि हिल्सका लगानीकर्ताको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ। 

आज निफ्राका लगानीकर्ताले गुमाएका छन्। निफ्राको सेयर मूल्य ५.३९ प्रतिशतले घटेको छ।   
 

प्रकाशित: Feb 24, 2021| 09:41 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्