मंगलबार, असोज ६, २०८३

वाणिज्य बैंकहरुको कर्जा एक हप्तामै १८ अर्ब बढ्यो

वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ। कोभिड–१९ को असर कम हुँदै गएको र नेपालमा भ्याक्सिनसमेत उपलब्ध हुन थालेपछि व्यापार–व्यवसाय पूर्ण रुपमा चल्न थालेकोले बैंकहरुको ऋण लगानी बढेको हो।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ। कोभिड–१९ को असर कम हुँदै गएको र नेपालमा भ्याक्सिनसमेत उपलब्ध हुन थालेपछि व्यापार–व्यवसाय पूर्ण रुपमा चल्न थालेकोले बैंकहरुको ऋण लगानी बढेको हो।

नेपाल बैंकर्स संघका अनुसार फागुन पहिलो सातामा मात्र बैंकहरुले १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सोही अवधिमा १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। निक्षेपमा दिइने ब्याज कम भएको र बैंकहरुले कर्जामा बढी ध्यान दिएका कारण कर्जा प्रवाह ह्वात्तै बढेको हो।

गएको माघमा बैंकहरुले ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। सो अवधिमा निक्षेप भने ४ अर्ब रुपैयाँमात्र बढेको संघले जनाएको छ। गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३७ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा माघ लागेपछि निक्षेप घट्न थालेको थियो। माघ महिनाको तीन हप्तासम्म लगातार घटेको निक्षेप चौथो र पाँचौं हप्तामा ४ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो। 

कर्जातर्फ पुसको अन्तिम साता ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको कर्जा माघमा ७३ अर्बले बढेर अन्तिम सातामा ३३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ। 

 
 

प्रकाशित: Feb 24, 2021| 06:12 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्