सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पिलुवा खोला–३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले लगानी गर्ने

पिलुवा खोला–३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले लगानी गर्ने

 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले माविलुङ इनर्जीले निर्माण गर्न लागेको पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि ऋण दिने भएका छन्। ४.९५ मेगावाटको सो परियोजनाको लागत ९३ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको छ।

दुवै बैंकले मिलेर जम्मा बैंकहरुले ६५ करोड ५९ लाख रुपैयाँ ऋण दिने सहमति भएको छ। यो कुल लागतको ७० प्रतिशत हो। बाँकी ३० प्रतिशत कम्पनीको आफ्नै लगानी रहेको कम्पनीले जनाएको छ। परियोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्र्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ ऋण दिने छ। 

माबिलुङ इनर्जी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता भइसकेको छ। आयोजना निर्माणका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट गत साउन ९ गते स्वीकृति पाइसकेको छ।

सो आयोजना संखुवासभाको साबिकको सिद्धकाली र मावादिन गाविसहरुमा रहेको पिलुवा र सिखुवा खोलामा परियोजना निर्माण गरिने कम्पनीले जनाएको छ । आयोजना आगामी एक वर्षमा सञ्चालनमा आउने छ। 

प्रकाशित: Feb 23, 2021| 12:25 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्