मंगलबार, असोज ६, २०८३

२१ अंकले घटेर २५८६ विन्दुमा झर्‍यो नेप्से

मंगलबार सेयर बजार परिसूचक (नेप्से) २१.१६ अंकले घटेको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २१.१६ अंकले घटेको छ। 

घटेको बजार २५८६.५१ विन्दुमा पुगेर रोकिएको हो। आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४१ अंकले घटेर ४६७.९४ विन्दुमा पुगेको छ। 

मंगलबार २०५ कम्पनीको १ करोड ७७ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो। 

आज व्यापार समूहको सूचक २६.७३ अंकले बढेको छ भने अन्य सबै समूहको सूचक घटेको छ। 

मंगलबार नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर ९.९३ प्रतिशतले बढेर ३२१ पुगेको छ। 

त्यस्तै अपी पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर करिब १० प्रतिशतले बढेको छ। 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। निफ्राको सेयर १० प्रतिशतले घटेर ५९४ मा आएको छ। 
 

प्रकाशित: Feb 23, 2021| 09:39 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्