मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिसम्बन्धी सम्पूर्ण काम गर्नेगरी राष्ट्रिय खाद्य बैंक स्थापना

कृषिसम्बन्धी सम्पूर्ण काम गर्नेगरी राष्ट्रिय खाद्य बैंक स्थापना

नेपालमा पहिलो पटक ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- नेपालमा पहिलो पटक ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ।

बैंकले देशका ७७ वटै जिल्लाहरुमा कृषि उत्पादन र बजारीकरण गर्ने पनि जनाएको छ।

बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार बैंकले कृषि क्षेत्रमा ठूलो लगानी गरी अर्गानिक कृषि प्रणालीलाई जोड दिँदै देशलाई आत्मर्निभर बनाउने अभियान रहेको छ। 

उप्रेतीले भने, खाद्य बैंकले पैसाको कारोबार नभएर कृषिसम्बन्धी सम्पूर्ण कारोबार गर्नेछ।’ बैंकले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दशी दुध, माछा मासु, जडिबुटीलगायतका उत्पादनको कार्य गर्ने जनाइएको छ। 

बैंकले प्रयोग नभएको सरकारी, सामुदायिक वा गुठीका जग्गाहरु लिजमा लिएर खाद्य उत्पादनको काम अगाडि बढाउने जनाएको छ। बैंकले तराईका १४ वटा जिल्लाहरुमा जग्गा लिजमा लिई उत्पादन कार्य सुरु गरिसकेको पनि उनले जानकारी दिए। त्यसैगरी झापा, मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ बिघा र लमजुङमा ५ सय ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको अध्यक्ष उप्रेतीले बताए।

बैंकले पाइलट प्रोजेक्टका रुपमा हरेक प्रदेश, जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा विकसित गर्दै लैजाने पनि जानकारी दिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले बैकले आइपीओ पनि जारी गर्ने जानकारी दिए।

उनले आगामी केही वर्षभित्रमा नै पूँजीका लागि आइपीओ जारी गर्ने बताउँदै हालसम्म ४९१ जना संस्थापक सेयर सदस्य रहेको बताए।

बैंकले आगमी चैत्र १५ गतेभित्र औपचारिक उद्घाटन गर्नेछ। 

प्रकाशित: Feb 22, 2021| 13:40 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्