सोमबार, असोज ५, २०८३

नेपाल इन्भेस्टमेन्ट बैंकको ८७औँ शाखा लहानमा

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा आफ्नो ८७औँ शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ।

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे। लहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

प्रकाशित: Feb 22, 2021| 10:59 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्