काठमाडौं, विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागेको छ।
‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो। ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ। कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ।
हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन्। कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ।
हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन्।