काठमाडौं– फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिव्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन्।
हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन्। नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन्। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो।
बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन्। बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ। बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन्।
बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ। यसका लागि बैंंक सम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन। ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन्।
बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।