सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • औद्योगिक क्षेत्रको धमाधम शिलान्यास, के हुन्छ यसभित्र ?

औद्योगिक क्षेत्रको धमाधम शिलान्यास, के हुन्छ यसभित्र ?

सरकारले विगतमा नै सञ्चालनमा ल्याइ सक्नुपर्ने औद्योगितक क्षेत्रहरुको शिलान्यासलाई तिव्रता दिएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– सरकारले विगतमा नै सञ्चालनमा ल्याइ सक्नुपर्ने औद्योगितक क्षेत्रहरुको शिलान्यासलाई तिव्रता दिएको छ। 

कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा गरी आधा दर्जन औद्योगिक क्षेत्रको साताव्यापी शिलान्यास सरकारले गरिरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार कञ्चनपुरको दैजी–छेला ओद्योगिक क्षेत्रको शिलान्यास गर्दैछन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास पनि प्रधानमन्त्री ओलीले नै गर्ने कार्यक्रम छ। लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकको औद्योगिक क्षेत्र १६ फागुनमा शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिए।

लिमिटेडका अनुसार बाँकेको नौबस्ता औद्योगिक क्षेत्र र मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्ने छन्। उक्त औद्योगिक क्षेत्रको शिलान्यास क्रमशः ११ फागुन र १४ फागुनमा गरिने कार्यक्रम छ।

त्यस्तै रुपन्देहीको मोतीपुर औद्योगिक क्षेको शिलान्यास अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। उक्त औद्योगिक क्षेत्रको शिलान्यास फाुगन  १३ मा गर्ने कार्यक्रम छ।

सरकारले ०७२ सालमा नै यी क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। लिमिटेडका अध्यक्ष बस्नेतले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको मुआब्जा वितरणलगायतका काम सम्पन्न भइसकेको बताएका छन्।

उनका अनुसार यी औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगहरु राखिनेछन्। ‘पहिलो प्राथमिकता उत्पादनमूलक उद्योगहरुलाई हुनेछ। कपडा उत्पादन गर्ने, दुग्ध उद्योग, चामल उद्योग लगाय प्राथमिकतामा पर्छन्। त्यसपछि निर्माणजन्य उद्योग पनि हुनेछन्,’ उनले भने।

उनका अनुसार क्रसर उद्योगहरु पनि यी औद्योगिक क्षेत्रभित्र राख्न पाइनेछ। हाल काठमाडौंको बालाजुमा सञ्चालनमा रहेको औद्यागिक क्षेत्रजस्तै अन्य औद्योगिक क्षेत्रमा पनि पानी, दूध लगायतका उद्योग राखिने बस्नेतको भनाइ थियो। उनका अनुसार यी उद्योग पूर्णरुपमा सञ्चालनमा आउन अझै ४ देखि ५ वर्ष लाग्नेछ।
 

प्रकाशित: Feb 22, 2021| 05:59 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्