सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्याेरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं - एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ। 

ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बाँडफाँट भएको छ।

महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आईपीओ) बिक्रीको स्वीकृति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्याेरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ। 

कम्पनीले कुल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो।

कम्पनीले कुल पुँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ। कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ।

बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ। 

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ। पछिल्लो विवरणअनुसार कुल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन्। 

यस्तै अनलाइन कारोबारका लागि नेप्सेको टीएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ। 

पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ। 

प्रकाशित: Feb 22, 2021| 00:36 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्