सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक झिनो अंकले बढ्यो, ८ अर्ब ८३ करोडको कारोबार

नेप्से परिसूचक झिनो अंकले बढ्यो, ८ अर्ब ८३ करोडको कारोबार

आइतबार सेयर बजार परिसूचक (नेप्से) ३.६६ अंकले बढेको छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

 काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ३.६६ अंकले बढेको छ। 

२६६७.२७ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २६४०.३४ विन्दुमा पुगेर रोकिएको हो। 

आइतबार २०७ कम्पनीको २ करोड ४३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२ अंकले घटेर ४७९.५८ विन्दुमा पुगेको छ। 

आज बैंकिङ, फाइनान्स, निर्जीवन बिमा र जीवन बिमा समूहको सूचक घटेको छ।

आइतबार अपर तामाकोशी जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसको सेयर १० प्रतिशतले बढेको छ। 

त्यस्तै शिवश्री जलविद्युत् कम्पनीको सेयर पनि १० प्रतिशतले उकालो लागेको छ। 
 
 

प्रकाशित: Feb 21, 2021| 09:55 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्