सोमबार, असोज ५, २०८३

तोलामा आठ सय रुपैयाँ बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार ८८ हजार ५५० मा कारोबार हुुने गरी मूल्य निर्धारण भएको छ। 

चाँदी तोलामा एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। तोलामा एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा  २५ रुपैयाँले वृद्धि भएको हो। 

प्रकाशित: Feb 21, 2021| 07:06 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्