बिहीबार, भदौ १८, २०८३

फेकन अध्यक्षमा वासुदेव नेपाल विजयी

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा वासुदेव नेपाल निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी भुपाल तामाङलाई १० भोटले हराउँदै नेपाल विजयी भएका हुन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा वासुदेव नेपाल निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी भुपाल तामाङलाई १० भोटले हराउँदै नेपाल विजयी भएका हुन्।

शनिबार सम्पन्न १० औं साधारणसभामा फेकनको नयाँ कार्यसमितिका लागि वासु नेपाल र भुपाल तामाङको समूहमा निर्वाचन भएको थियो। नेपाल समूहबाट अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ८ पदमा निर्वाचित भएका हुन्।  

अध्यक्षमा वासुदेव नेपालले ८७ मत ल्याएका छन् भने प्रतिस्पर्धी भुपाल तामाङले ७७ मत ल्याएका छन्। उपाध्यक्षद्वय प्रज्वल बस्नेतले ८९ र हेमन्तराज दुलालले ८० मत ल्याएर विजयी भएका छन्।

महासचिवमा राजु निरौलाले ८३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी विपिन केसीले ८१ मत ल्याएका थिए। सचिवद्वयमा उमेश कुश्वारले ८६ मत प्राप्त गरे भने छविन्द्र ओझाले ८७ मत ल्याए। 

कोषाध्यक्षमा अनिल शर्मा पौड्यालले ९७ मत ल्याएर विजयी भएका छन्। सदस्यहरुमा दिपा लामिछानेले सबैभन्दा धेरै ११३ मत ल्याइन्। त्यस्तै इन्द्रजित गौतम ९७, रेश्मा राजथला  ९५, सविन खड्का ७८, सुदेश पोखरेल ८३ र दिनेश न्यौपाने ८४ मत ल्याई विजयी भएका छन्। 

फेकनमा १३ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने नयाँ कार्यसमितिले दुई जना उपाध्यक्ष, एक जना सहकोषाध्यक्ष र २ जना सदस्य मनोनित गर्ने व्यवस्था छ। मनोनित हुने उपाध्यक्षमा उपेन्द्र सेडाई र सरोज थापा छन्। 
 

प्रकाशित: Feb 21, 2021| 06:47 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।