बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

 कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ। तीं दुर्घटनामा दुई जना घाइते भएका छन्। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

धनगढी- कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ। तीं दुर्घटनामा दुई जना घाइते भएका छन्। 

हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको कैलारी गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

बयल गाडालाई ओभरटेक गर्न खोज्दा भएको दुर्घटनामा धनगढी उप–महानगरपालिका १९ का अन्दाजी ४० वर्षीय खकेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइते चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

यस्तै, जिल्लाको लम्कीचुहा नगरपालिका १ मा मोटरसाइकल र इलेक्ट्रिक रिक्सा एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। 

ईलाका प्रहरी कार्यालय लम्की सञ्चार शाखाका अनुसार सुपप्र ०१–००८ प ९०२७ नम्बरको मोटरसाईकल र भे १ ह ११०४ नम्बरको ईलेक्ट्रि रिक्सा एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ बाणीका चन्द्रदेव भट्ट र ई–रिक्सा चालक लम्कीचुहा नगरपालिकाका देबेन्द्र तिमिल्सिना घाइते भएका हुन्। 

मोटरसाईकल चालक भट्ट गम्भीर घाइते भएका कारण थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ भने सामान्य घाइते ई–रिक्सा चालक तिमिल्सिनाको लम्कीस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Feb 21, 2021| 05:20 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।