बिहीबार, भदौ १८, २०८३

शिक्षकलाई २३ गतेदेखि कोरोनाको खोप

सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारीचालक तथा सहचालकलाई २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो। 

यस्तै ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सोही दिनदेखि खोप लगाइने  निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। सरकारले २३ गतेदेखि दोस्रो चरणको खोपको कार्यक्रम सुरु गर्न लागेको हो।

दर्ता भएका औषधिपसलमा काम गर्ने कर्मचारीलाई भने पहिलो चरणमै खोप दिइने भएको छ। 

‘जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधिपसलमा कार्यरत र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीलाई समेत यही चरणमा खोप उपलब्ध गराउने’, निर्णयमा उल्लेख छ। 

सरकारले भारतसँग खरिद गरेकाे १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल आइपुग्दै छ। यसअघि भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप प्राथमिकताको आधारमा लगाइँदै छ। 

मन्त्रालयका अनुसार शनिबारसम्म अग्रपंक्तिमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधिलगायत गरी तीन लाख ८३ हजार ३९८ जनाले कोरोना भाइरसको खोप लगाएका छन्।

देशका २२६ केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइँदै छ।
 

प्रकाशित: Feb 21, 2021| 05:16 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।