बिहीबार, भदौ १८, २०८३

बाबुराम भट्टराई आज भारत जाँदै

 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। 

भट्टराईको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो। 

‘अहिले चिकित्सकहरूले न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उहाँ दिल्लीमा तयसको उपचारका लागि जान लाग्नु भएको हो,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

भट्टराईको उपचार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेज’मा हुनेछ।

उनको बसाइँ त्यहाँस्थित नेपाली दूतावासमा हुनेछ। 

उपचारका क्रममा भट्टराईसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमि र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने सचिवालयले जनाएको छ। 
 

प्रकाशित: Feb 21, 2021| 03:46 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।