बिहीबार, भदौ १८, २०८३

सप्तरीमा फरार ५०५ अभियुक्त पक्राउ

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

सप्तरी - विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार अभियुक्तमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइज्जती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार अभियुक्त पनि रहेको तथ्याङ्कमा उल्लेख छ।

पक्राउ परेका फरार अभियुक्तबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता १२ लाख ७७ हजार ७२६ रूपैयाँ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक साहको भनाइ छ।

पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उनले जानकारी दिए। रासस

प्रकाशित: Feb 21, 2021| 03:19 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।