बिहीबार, भदौ १८, २०८३

राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सुरु हुँदै

फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

इलाम– फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक संकलन गर्नेछन्। 

एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक संकलन गर्ने विभागले जनाएको छ। स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ।

विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्यांक संकलन गर्ने योजना बनाएको छ। एउटा वडामा बढीमा १५ दिन तथ्यांक संकलनको काम हुनेछ। इलाम नगरपालिकामा तथ्यांक संकलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्यांक संकलनको काम हुनेछ। 

तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए। ‘तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्यांक संकलनको काम पूरा गर्ने योजनामा छौँ’, उनले भने, ‘यो अभियान हो, फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन, त्यसैले कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना हो।’

प्रकाशित: Feb 21, 2021| 02:49 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।