बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १० लाख डोज कोभिशिल्ड ल्याइँदै, ज्येष्ठ नागरिकलाई लगाइने

१० लाख डोज कोभिशिल्ड ल्याइँदै, ज्येष्ठ नागरिकलाई लगाइने

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं ल्याइने भएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं - कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं ल्याइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतको नयाँदिल्लीबाट एयर इन्डिया विमानमार्फत् खोप काठमाडौं ल्याउन लागिएको जानकारी दिए। 

उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप ल्याउन लागिएको हो। 

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। 

अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदै छ। 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ। 

उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने छ। खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले जानकारी दिए।  

उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै प्राप्त गर्ने जानकारी दिए।

प्रकाशित: Feb 21, 2021| 01:52 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।