बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–१ : संसद्को बिजनेस अविश्वास प्रस्तावमात्रै, बैठक अवरोध गर्ने सत्तापक्षको रणनीति

प्रदेश–१ : संसद्को बिजनेस अविश्वास प्रस्तावमात्रै, बैठक अवरोध गर्ने सत्तापक्षको रणनीति

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। 

आइतबारको बैठक अवरोध गर्ने नेकपा ओली समूहको रणनीति छ। गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई संसदीय दलबाट निलम्वन गरिएको निर्णय सभामुख प्रदिपकुमार भण्डारीले कार्यान्वयन नभएसम्म संसद चल्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनले पार्टी औपचारिक रुपमा विभाजन नहुँदा सम्म बैठक चल्न नसक्ने बताउँदै आएका छन्। 

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव संसद्मा टेवल हुन सकेको छैन। माघ २५ गतेको बैठकमा टेवल गर्ने कार्यसूची बनाएर सुरु भएको प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसदले अवरोध गरेपछि सभामुख भण्डारीले फागुन ९ गते दिउँसो २ बजे बैठक बस्ने गरि बैठक स्थगित गरेका थिए । 

प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएदेखि नै सत्तापक्ष प्रदेशसभाको बैठक लम्व्याउने खेलमा लागेको नेकपा दाहाल–नेपाल समूहका नेता निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताए। पुस १२ गते प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्ताव सत्ता पक्षकै कारण टेबल हुन नसकेको उनले बताए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अविश्वास प्रस्ताव टेबल नहुन्जेल कांग्रेसले निर्णय नगर्ने बताए। सत्तापक्षले सदन नछली प्रस्ताव अघि बढाउनुपर्ने उनको भनाइ छ। प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन माघ ७ गतेदेखि शुरु भएको थियो। प्रदेशसभामा अविश्वास प्रस्ताव बाहेक कुनै बिजनेस छैन। 


 

प्रकाशित: Feb 21, 2021| 01:43 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।