विराटनगर- मोरङको उर्लाबारीमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
राति ८ बजेतिर प्रदेश १–००१क १०३५ नम्बरको पूर्वतर्फ गुडिरहेको ट्रकले विपरीत दिशामा गुडिरहेको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा
उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र सोही ठाउँका २२ वर्षीय सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।