बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : चित्र बहादुर केसी 

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : चित्र बहादुर केसी 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई २०७२ को संविधानले संसद विघटनको अधिकार नदिएको बताएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई २०७२ को संविधानले संसद विघटनको अधिकार नदिएको बताएका छन्। 

उनले २०४७ को संविधानले प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि २०७२ को संविधानले यस्तो अधिकार नदिएको बताए।

‘ओलीको कदम निरंकुश र अलोकतान्त्रिक छ’ शनिबारदेखि बुटवलमा शुरु भएको जातिय समता समाजको चौथौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।

उनले सरकारलाई काम गर्न नदिएको नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई नभएको बताए।

‘ओलीलाई अर्को कुन शक्तिले दियो संसद विघटन गर्ने अधिकार’ उनले प्रश्न गरे। संसद पुनर्स्थापना हुनेनहुने निश्चित नभएको उल्लेख गर्दै उनले अदालत र निर्वाचन आयोग सरकारको दबाबमा परेको बताए। प्रधानमन्त्री ओली र कांगे्रस सभापति शेरबहादुर देउवा लेनदेन र भ्रष्टाचारमा सँगसँगै भएकाले देउवाले चुनावको पक्षमा अभिमत दिएको बताए। 

नेपालको लागि संघीयता घाँडो भएको बताउदै प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न नगराएसम्म देशले निकास पाउन नसक्ने दाबी उनले गरे।

संघीयता र प्रतिनिधिसभा विघटनले देश झनै संकटमा परेको अध्यक्ष केसीको भनाइ छ।  दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ।

प्रकाशित: Feb 20, 2021| 13:20 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।