बिहीबार, भदौ १८, २०८३

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशमा राजनीतिक स्थिरता निर्वाचनपछि कायम हुने दाबी गरेका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

जनकपुरधाम- उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशमा राजनीतिक स्थिरता निर्वाचनपछि कायम हुने दाबी गरेका छन्। 

उनले आगामी बैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनपछि मात्रै देशमा राजनीतिक स्थिरता कायम हुने जिकिर गरे। 

धनुषा चेम्बर अफ कमर्शको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचनका लागि सबैलाई तयार रहन आग्रह गरे।

उनले भने, ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन्। जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्। त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ। राजनीतिक स्थिरताका लागि अहिलेको विकल्प मध्यावधि निर्वाचन नै हो।’

दाहाल–नेपाल समूहतर्फ इङ्गित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही तत्वहरुले सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्री ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको स्पष्ट गरे। 
उनले भने, ‘दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धक्का मारेर म्युजिकल चेयरमा बसे जस्तै बस्न खोजेपछि संसद विघटन गरी जनताको बीचमा जाने निर्णय गरियो।’

उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसे पनि अहिलेसम्म उनीहरुलाई पदकै लोभ रहेको जिकिरसमेत गरे। उनले भने, ‘हामी युवा पुस्तालाइ नेतृत्व दिन चाहन्छौँ तर उनीहरु कुर्सीमै प्राण त्याग्न चाहन्छन।’

एक अर्को प्रसंगमा उनले धनुषासँगको भारतीय सीमा नाकाहरु खोल्नुपर्ने आवश्यकता रहेकोले जिल्ला सुरक्षा समितिले निर्णय गरी सीसीएमसीलाई जानकारी गराए सरकारले जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नाका खोलाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए। 

जनकपुर–जयनगर रेल्वे सञ्चालनको ठ्याक्कै मिति भन्न नसकेपनि चाँडै गुड्ने उनले प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘ठ्याक्कै मिति भन्न त गाह्रो छ तर निर्धक्क रहनुस् रेल चाँडै गुड्छ। जनशक्ति र कानुनसमेत बन्न नसकेकोले रेल गुडाउन ढिलाइ भइरहेको उनको भनाइ छ। हामी हतार हतारमा कानून तयार पारिरहेका छौं।’

प्रकाशित: Feb 20, 2021| 12:05 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।