बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले भने– संसद् पुनर्स्थापना भए देश अस्थिरतामा धकेलिन्छ

प्रधानमन्त्री ओलीले भने– संसद् पुनर्स्थापना भए देश अस्थिरतामा धकेलिन्छ

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा अस्थिरता उत्पन्न हुने बताएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा अस्थिरता उत्पन्न हुने बताएका छन्। 

विराटनगरमा आयोजित प्रदेश १ स्तरीय जनसभालाई आज सम्बोधन गर्दै ओलीले संसद्पुनर्स्थापना भए सरकार बनाउने र ढाल्ने खेल चल्ने बताएका हुन्। 

‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने खेल चलिरहन्छ,’ उनले भने, ‘यही अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो।’

सर्वोच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको उनको भनाइ छ।

यस्तै उनले सभामुख झगडिया भएर हिँड्न नसुहाउने बताए। उपराष्ट्रपति पनि सरकारको विरूद्धमा बोल्दै हिँड्नु विडम्बना भएको उनको भनाइ छ। 

प्रकाशित: Feb 20, 2021| 11:02 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।