बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा गुटवादी लागेका छन् : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा गुटवादी लागेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादीहरू लागेको बताएका छन्।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर  - प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादीहरू लागेको बताएका छन्।

विराटनगरमा आयोजित प्रदेश १ स्तरीय जनसभालाई आज सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले सकिसकेको प्रचण्डलाई आफूले उकासेको बताए। 

‘प्रचण्ड खिइने बाटोतिर लागेका छन्,’ उनले भने, ‘प्रचण्ड वैद्य डाक्टर हुँदै झाँक्रीसम्म आइपुगे, उनलाई अब झाँक्रीले पनि बचाउने छैनन्।’

यस्तै उनले दाहाललाई फर्केर आए अझै नेकपामा ठाउँ रहेको पनि बताए। 

सरकार सुशासन र विकासको बाटोमा अघि बढिसकेको उनकाे भनाइ छ।

‘यो अभियानलाई कसैले रोकेर रोक्न सक्दैन,’ उनले भने, ‘सरकार देश विकास र समृद्धिको यात्रामा अघि बढेको छ।’

प्रकाशित: Feb 20, 2021| 10:36 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।