बिहीबार, भदौ १८, २०८३

थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ४८ जनाको कोरोना परीक्षण गरिएकोमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।

यस्तै यो अवधिमा १३६ जना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार ५३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ।

प्रकाशित: Feb 20, 2021| 10:29 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।