बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुटवादीले देशलाई अस्थिरतामा धकेल्ने काम गरे : गृहमन्त्री 

गुटवादीले देशलाई अस्थिरतामा धकेल्ने काम गरे : गृहमन्त्री 

नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले देशलाई अस्थिरतातिर घकेल्ने षड्यन्त्र भएको बताएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर- नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले देशलाई अस्थिरतातिर घकेल्ने षड्यन्त्र भएको बताएका छन्। 

जनताको ताजा जनादेश लिएर अस्थिरतालाई स्थीरतामा बदल्न सकिने उनको विश्वास छ। 

बाह्यशक्तिबाट नभएर आन्तरिक रुपमा रहेका गुटवादीले असामान्य परिस्थिति सिर्जना गर्ने काम गरेको उनले बताए।

नेकपा प्रदेश १ स्तरीय जनसभामा शनिबार गृहमन्त्री थापाले लोकतन्त्र र स्थायित्वका लागि जनता आन्दोलित हुनु परेको बताए।

गृहमन्त्री थापाले मेची महाकालीका जनताहरु गुटवादीविरुद्ध आन्दोलित भएको बताए। गुटवादीलाई भण्डाफोर गरेर पार्टीलाई शुद्धिकरण गर्न सकिने उनले बताए। 

उनले भने, ‘गुटवादीले सरकारबाट मन्त्रीहरू आफ्नो समुहमा आउने भ्रम छर्ने काम भएको छ।’ गुटबन्दीको षड्यन्त्र सफल नहुने उनको जिकिर छ। जनजागरणाले षड्यन्त्रलाई समाप्त पार्ने थापाले बताए। 

गृहमन्त्री थापाले ३ वर्षमा देशमा संघीयता तथा सुशासन लाई सुदृढ गर्ने काम भएको बताए।

प्रकाशित: Feb 20, 2021| 09:53 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।